गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस

पाेखरा | माघ १५, २०८२

गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

 
नेपालको संविधानको धारा २९४ को उपधारा (३) अनुसार आयोगले आर्थिक वर्ष २०८१/०८२ मा सम्पादन गरेको काम कारबाहीसमेत समेटेर तयार गरिएको सातौं वार्षिक प्रतिवेदन सदस्य मोदीले प्रदेश प्रमुख समक्ष भट्टलाई हस्तान्तरण गर्नुभयो ।


उक्त अवसरमा प्रदेश प्रमुख भट्टले विभिन्न समुदायको हित तथा प्रर्वद्धनका सन्दर्भमा आयोग गठन गरी काम गर्नु राज्यको पहलकदमी सकारात्मक रहेको बताउनुभयो । आगामी दिनमा आयोगमार्फत् थारु समुदायको उत्थानका लागि काम गर्न आफ्नो पहलकदमी हुने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
 

भट्टले संविधानले दिएको अधिकार उपयोग गर्न आग्रह गर्दै आयोगले काममा सक्रियता बढाउन आग्रह पनि गर्नुभयो । थारु जनप्रतिनिधि तथा सांसदले आफ्नो हक अधिकारका सवालमा आवाज उठाउनुपर्ने उहाँको सुझाव थियो ।

 
आयोगकी सदस्य मोदीले प्रतिवेदनमा थारु समुदायका समस्या, उत्थानको क्षेत्रमा देखिएका चुनौती, सम्पादन गरेका काम कारबाहीलगायत विषय समावेश गरिएको उल्लेख गर्नुभयो ।


साथै, उहाँले मुलुकमा विभिन्न पहिचान बोकेका समुदाय रहेको र ती समुदायको प्रवर्द्धनका लागि राज्य अझै जिम्मेवार हुनुपर्ने बताउँदै पर्याप्त बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।
 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्